१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।
मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत मन्त्री हुने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु