काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले आधिकारिक नेकपा बालुवाटारको नेकपा नभएर सडकको नेकपा भएको बताएका छन् । नेता भट्टराईले सूर्य चिन्ह र हसिया हथौडा आफूहरुको भएको बताएका हुन् ।
शुक्रबार बिरोध प्रर्दशनपछि काठमाडौंको कान्तिपथ स्थित निर्वाचन आयोग अगाडिको कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रतिनिसभा पुनः स्थापना नहुदासम्म र नेकपाका नेता बालुवाटारमा नबस्दासम्म आन्दोलन जारी रहने बताए ।
निर्वाचन सबैधानिक आयोग भएकोले तलमाथि गर्न नपाउने समेत बताए । उनले भने,‘यो सूर्य चिन्ह, यो हसिया हथौडा झन्डा हाम्रो हो ।’नेता भट्टराईले सभामुखले तत्काल संसद अधिवेशन बोलाउनुपर्ने माग समेत गरे । उनले भने, ‘बहुमत मात्रै होइन दुई तिहाई सांसदहरु संसदमा उपस्थित हुन्छ ।’
फेसबुक प्रतिक्रियाहरु