१० पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको महिला टोली घोषणा भएको छ । बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।
पुस ११ गतेदेखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको कूल ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
सुदूरपश्चिम टिमको उपकप्तानमा रुवी पोदार छिन् । यस्तै टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय महिला क्रिकेटर जानकी भट्ट छिन भने व्यवस्थापकमा दिनेश सिंह छन् ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश समूह बी मा रहेको छ । यस समूहमा गण्डकी प्रदेश, प्रदेश नम्बर १ र बागमती प्रदेश रहेका छन् । सुदूरपश्चिमले आफ्नो पहिलो खेल पुष १४ गते गण्डकी प्रदेश विरुद्ध खेल्नेछ ।
समूह ए मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् ।
सुदूरपश्चिमको टिम
बिन्दु रावल (कप्तान), रुबी पोदार (उपकप्तान) , ऋतु कनोजिया, मन्जु बोगटी, कविता जोशी, डली भट्ट, कविता कुँवर, लक्ष्मी साउद, दिव्या कार्की, सुनिता लुहार, दिपा जोरा, स्नेहा महरा, रेवती धामी, सम्झना खड्का
वैकल्पिक खेलाडी : मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र प्रवित्रा धामी
प्रशिक्षक : जानकी भट्ट
व्यवस्थापक : दिनेश सिंह
फेसबुक प्रतिक्रियाहरु