होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड-नेपाल पक्षको आक्रामक नाराः बयलगाडा चढेर अमेरिका जा !
समाचार

प्रचण्ड-नेपाल पक्षको आक्रामक नाराः बयलगाडा चढेर अमेरिका जा !

  • नागरिक रैबार
प्रचण्ड-नेपाल पक्षको आक्रामक नाराः बयलगाडा चढेर अमेरिका जा !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार राजधानीमा गरेको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नारा लगाएका छन् । उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘असंवैधानिक कु’ गरेको आरोप लगाउँदै त्यसको खारेजीको माग गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र विरोधीको संज्ञा दिँदै उनको असंवैधानिक कदमका कारण जनताले दुःख पाएको समेत आरोप लगाएका छन् । संवैधानिक सर्वोच्चता कायम गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतीय दलाल’ भएको आरोप समेत लगाएका छन् । पार्टी विभाजित बनेसँगै प्रर्दशनमा सहभागीहरुले आर्यघाटले के भन्छ…ले भन्छ’ जस्ता केही सुन्नै नसकिने नारासमेत लगाएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शनमा सहभागीहरुले ‘बयलगाडा चढेर अमेरिका जा, ओलीको पाराले दुख पाए साराले, नेकपा एकता जिन्दावाद,बयलगाडा केपी ओली मुर्दावाद, गणतन्त्र विरोधी मुर्दावाद, प्रतिगमनकारी मुर्दावाद, असंवैधानिक कु खारेज गर, भारतीय दलाल केपी ओली मुर्दावाद, एमसीसी चाइँदैन, खड्ग ओली चाहिँदैन’, लगायतका नारा लगाएका छन् । प्रदर्शनमा प्रचण्ड र माधव नेपाल समेत सहभागी छन् । प्रदर्शनकारीहरु निर्वाचन आयोगतर्फ अघि बढ्दैछन् ।

उनीहरुले आफूहरु नेकपाको मुलधार भएको आयोगलाई ध्यानाकर्षण गराउनेछन् । यस्तै प्रदर्शनमा सहभागीले सूर्य चिन्ह अंकित झण्डासमेत बोकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै