होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा घिसिङ नियुक्त
समाचार

नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा घिसिङ नियुक्त

  • नागरिक रैबार
नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा घिसिङ नियुक्त

९ भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

यसअघिका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका थिए ।

बुधबारको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

विज्ञापन

उनी चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक समेत थिए । तर, काम सन्तोषजनक नभएको भन्दै नेपाल विद्युत प्रधिकरण सञ्चालक समितिको बैठकले घिसिङलाई चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

असोज १ गतेबाट सुपथ मूल्य पसल

यस्तै सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर सुपथ मूल्यका पसल खोल्ने निर्णय पनि गरेको छ । यस्ता पसलहरु राजधानीका ११ र देशका विभिन्न २५ ठाउँमा खोल्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

ती पसलहरु असोज १ गतेबाट सञ्चालनमा आउने सरकारले जनाएको छ ।

सुपथ मूल्यका पसलहरुबाट बिक्री हुने अत्यावश्यक खाद्य बस्तुहरुमध्ये सरकारले चिनी र खानेतेलमा ५ रुपैयाँ, नुनमा २ रुपैयाँ छुट दिने निर्णय गरेको छ ।

यस्तै दुर्गम क्षेत्रमा चामलमा प्रतिकेजी १० रुपैयाँ मूल्य छुट दिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले सात प्रदेशमा उच्च अदालतको मुकाम पनि तोकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार