नागरिक रैबार/बाजुरा बाजुरा ९ भदौ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिका वडा नं.४ ओलेनाका महिला र किसोरीहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु सो ठाउँका महिला, किसोरीहरुलाई सहयोग गरेको हो ।
कोरोना भाईरस कोभिड-१९ संक्रमण बढीरहेको बेला जोखिममा रहेका महिला र किशोरीहरुको महिनावारी समस्यालाई मध्येनजर गरेर उनीहरुलाई मर्यादा सामाग्री स्वरुप प्यान्टी, सेनेटरी प्याड, सावुन, टर्चलाईट, सौल, बु्रस सावुन, लगायतका सामाग्री सहयोग गरिएको हो ।
ग्रामिण स्तरमा रहेका किसोेरी र महिलाहरुलाई महिनावारीको समयमा कुनैपनि समस्या नहोस भन्ने उद्देश्यले उक्त सामाग्रीहरु सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाकी कार्यक्रम संयोजक ईस्वरी सुवेदीले बताएकि छन् ।
युएनफपिए बाजुराले उपलव्ध गराएको उक्त सामाग्रीहरु वितरण कार्यक्रममा बडीमालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र नाथ, रेडक्रस सोसाईटीकी कार्यक्रम संयोजक इस्वरी सुवेदी र रेडक्रस बाजुराका मन्त्री मेघराज जैशी. उपसभापति उमा थापा, काेषाध्यक्ष देवराज न्याैपाने , ,सदस्य तुला बहादुर थापा र समुदाय परिचालक टंकप्रसाद न्यौपाले सहभागि भएका थिए ।
नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाले जिल्लाको त्रिवेणी नगरपालिकामा बाल केन्द्रित विपद् जोखिम् न्युनिकरण कार्यक्रम संचालन गरिरहेको छ भने काेभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम बडिमालिका त्रिवेणी नगरपालिकामा सञ्चालन संचालन गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु