धनगढी : कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन्।
मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन्।
यो सँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।
फेसबुक प्रतिक्रियाहरु