होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुगु अस्पतालमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द
समाचार

मुगु अस्पतालमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

  • नागरिक रैबार
मुगु अस्पतालमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि एक साताका लागि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

सोमबार जिल्ला अस्पतालमै कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि महामारी फैलिने डरले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको हो ।

५ भदौमा अस्पतालमा कार्यरत केही चिकित्सक, अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामीलगायतका ६२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।

विज्ञापन

सोमबार पिसिआर रिपाेर्ट आउँदा ६२ मध्येकै एकजना अस्पतालमा कार्यरत कर्मचारीको रिपाेर्ट पोजेटिभ देखिएको जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीले जनाए ।

अस्पतालकै कर्मचारीमा संक्रमण देखिएपछि अन्यमा फैलिन सक्ने डरले अस्पतालको इमर्जेन्सी सेवाबाहेक अन्य सेवा बन्द गरिएको उनको भनाइ छ ।

कोरोना संक्रमण देखिएका कर्मचारीलाई सोमबारदेखि नै जिल्ला अस्पतालकै आइसोलेसन कक्षमा राखिएको छ ।

सोमबार बेलुकीदेखि नै जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरू र अन्य सम्पूर्ण कर्मचारी सेल्फ क्वारेन्टिनमा बसिररहेको डा. नगरकोटीले जानकारी दिए ।

एक सातापछि सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पिसिआर संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइने र रिपाेर्ट के आउँछ त्यसपछि मात्रै अस्पतालका अन्य सेवाहरू सुचारु गर्ने भन्नेबारे निर्क्याेल हुने उनले बताए ।

त्यतिवेलासम्म अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सबै सेल्फ क्वारेन्टिनमै बस्ने र अस्पतालका इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिने जिल्ला अस्पतालले जनायो ।

अस्पतालकै कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हल्ला फैलिएपछि अस्पतालका विभिन्न वार्डमा भर्ना गएिका धेरैजसो बिरामी अस्पतामा नबसी घर गएका छन् ।

अस्पतालमै रहेका बिरामीलाई उपचार गर्नसमेत समस्या भएको चिकित्सकको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार