होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ‘भनेको मान्नुस, घरभित्रै बस्नुस’: प्रजिअ न्यौपाने
देश/प्रदेश

‘भनेको मान्नुस, घरभित्रै बस्नुस’: प्रजिअ न्यौपाने

  • नागरिक रैबार
‘भनेको मान्नुस, घरभित्रै बस्नुस’: प्रजिअ न्यौपाने

नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गंगाप्रसाद न्यौपानेले बाजुराबासी सवैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

अनावश्यक रुपमा घरबाहिर निस्किएर भिडभाड गर्ने जो कोहीलाई भोली देखि नियन्त्रणमा लिएर सरकारले गरेको निर्णय अनुसार कानुनी कारवाही गर्न बाध्य हुनेछौ प्रजिअ न्यौपानेले बताए ।

विज्ञापन

उहाँले भन्नुभयो बरु यो बेला ‘भनेको मान्नुस, घरभित्रै बस्नुस’ तपाईहरुकै स्वास्थ्यका लागि भनेका हौं सरकारको नियमको पूर्ण पालना गर्नुहोस । यो समयमा तपाईहरुले स्थानीय प्रशासनलाई सहयोग गर्नुस । लकडाउनको समयमा घर बाहिर ननिस्कने बजार खोलेको समयमा मात्रै घरका एकजनाले सामान खरिद गर्नुहोस ।

लकडाउन भएको दोस्रो दिनसम्म कसैलाई केही पनि गरेका छैनौं अव भोली देखि कोही कसैले अनावश्यक काम बाहेक बाहिर जम्मा भएको थाहा पाएमा तत्काल नियन्त्रणमा लिएर कानुनी कारवाही गर्नेछौं प्रजिअ न्यौपानेल भनेका छन् ।

विश्व भरी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णय अनुसार बाजुरा जिल्लामा लकडाउन जारी रहेकाले बाजुराबासी सवैले सो अवधिमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह समेत गरेका छन् ।

लकडाउनको समयमा जिल्लामा अस्पताल सेवा, औषधी पसल, पेट्रोल पम्प, खाद्यान्न पसल बाहेक अन्य कुनै पसलहरु संचालन गर्न पाईने छैन । हिजो मंगलबार विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोराना भाइरस जोखिम नियन्त्रणका सन्दर्भमा स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार मंगलबार देखि १८ गतेसम्मका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्ला भर लकडाउन जारी रहेकोले नेपाल प्रहरी, शसत्र प्रहरीको गस्ति परिचालन सँगै कोरोना बारे नागरिकहरुलाइ सचेतना समेत दिइरहेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै