होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चीनले नेपाललाई दियो दुई हजार थान कोरोना परीक्षण किट
समाचार

चीनले नेपाललाई दियो दुई हजार थान कोरोना परीक्षण किट

  • नागरिक रैबार
चीनले नेपाललाई दियो दुई हजार थान कोरोना परीक्षण  किट

बेइजिङ : नेपाललाई चीनले दुई हजार थान ‘टेस्टिङ किट’ सहयोग स्वरूप उपलब्ध गराएको छ। बेइजिङ सावन्त बायोटेक्नोलोजी कम्पनी लिमिटेडले बुधबार बेइजिङस्थित चीनका लागि नेपाली दूतावासलाई दुई हजार थान कोरोना भाइरस जाँच्ने एन्टिजेन डिटेक्सन रिएजेन्ट हस्तान्तरण गरेको हो।

कार्यवाहक राजदूत सुशीलकुमार लम्सालले उक्त किट बुधबार नै नेपाली महावाणिज्य दूतावास ल्हासामा पठाइसकेको पनि बताए। दूतावासका अनुसार, स्थलमार्ग सुलभ र छिटो रूपमा नेपाल पुग्ने भएकोले ल्हासाबाट पठाइएको हो।

बुधबार एक हस्तान्तरण समारोहबीच बेइजिङ सावन्त बायोटेक्नोलोजी कम्पनी लिमिटेडका महाप्रबन्धक याङ क्वोफिङले कुल ३० हजार अमेरिकी डलर मुल्य बराबर पर्ने उक्त टेस्टिङ किट हस्तान्तरण गरेका थिए।

विज्ञापन

महाप्रबन्धक याङले दुई देशबीच जनस्तरमा रहेको घनिष्ट सम्बन्धको आधारमा आपत परेको बेलामा सहयोग गर्नु कर्तव्य भएको भन्दै सहयोग गरेको बताए।

उक्त कम्पनीद्वारा उत्पादित कोरोना भाइरस टेस्टिङ किट विश्वका धेरै मुलुकमा प्रयोग भएका छन्।

सहयोग हस्तान्तरण समारोहमा कार्यवाहक राजदूत लम्सालले नेपाल सरकारको तर्फबाट सहयोग स्वीकार गर्दै चिनियाँ कम्पनीलाई सहयोग गरेकोमा खुशी व्यक्त गरे।

‘यो सहयोग नेपाल चीन मित्रताको उत्कृष्ट उदाहरण हो’, उनले भने, ‘यसबाट नेपालमा परीक्षण उपकरणको अभावमा सहयोग पुग्ने विश्वास छ।’ हाल नेपालमा कोरोना भाइरस सङ्क्रमणको सन्त्रासबीच लकडाउन भएको छ। देशभर लडकडाउन भए पनि भाइरस परीक्षणका लागि आवश्यक किटको अभाव छ।

कार्यक्रममा बेइजिङ नगरपालिका वाणिज्य ब्यूरोका निर्देशक थान छङहाइ, बेइजिङ अन्तरर्राष्ट्रिय आर्थिक तथा व्यापार विकास संघका सहमहासचिव चाङ ख्हचन, बेइजिङ काठमाण्डु अन्तरराष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिउ च्येनली, उक्त कम्पनीका बजार निर्देशक वाङ लिलीका साथै दूतावास कर्मचारीको उपस्थिति थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार