



नागरिक रैबार । चैत १२ काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन्। बुधबार प्रधानम्नत्री ओली ट्वीट गर्दै सबैलाई घरमा बस्न आग्रह गरेका हुन्।
ओलीको सन्देशमा भनिएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को बुधबार दोस्रो दिन प्रधानमन्त्री ओलीले ट्वीट गरेका थिए।





फेसबुक प्रतिक्रियाहरु