होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • ट्याक्टर दुर्घटनाः चालकसहित ९ जना घाईते (नामसहित)
गौमुल

ट्याक्टर दुर्घटनाः चालकसहित ९ जना घाईते (नामसहित)

  • नागरिक रैबार
ट्याक्टर दुर्घटनाः चालकसहित ९ जना घाईते (नामसहित)
साँकेतिक तस्वीर

नागरिक रैबार/बाजुरा १३ फागुन । जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार विहान ट्याक्टर दुर्घटना भएको छ ।गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बरको ट्याक्टर सिमधारा स्थित ग्रामिण कच्ची सडकमा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा परि चालक सहित ९ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । प्रहरीका अनुसार घाईते हुनेमा गौमुल गाउँपालिका ६ का २१ वर्षिया ट्याक्टर चालक प्रकाश रोकाया, र सोही गाउपालिका ४ कौणाकोट बस्ने ट्याक्टर साहु ४८ वर्षिया तुला बुढा, सोही वडाकै १८ वर्षिया अनुप रोकाया, १९ वर्षिया भुवन बुढा, १५ वर्षिया स्मृती सार्की, १५ वर्षिया सुर्मा सार्की, १६ वर्षिया सरिता सार्की, १७ वर्षिया सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षिया दिपक रोकाया रहेका छन् ।

ट्याक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ भने ट्याक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टर सडक भन्दा करिब एकसय मिटर तल खसेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै