होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • मङ्गलबार पनि चट्याङसहित पानी पर्ने सम्भावना
देश/प्रदेश

मङ्गलबार पनि चट्याङसहित पानी पर्ने सम्भावना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मङ्गलबार पनि चट्याङसहित पानी पर्ने सम्भावना

मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार मङ्गलबार मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ। यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने उनको अनुमान छ।

बुधबारदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने मौसमविद् पोख्रेलले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै