होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बावुछोराले एकै मितिमा पाए नागरिकता
समाचार

बावुछोराले एकै मितिमा पाए नागरिकता

  • नागरिक रैबार
बावुछोराले एकै मितिमा पाए नागरिकता

नागरिक रैबार/बाजुरा ११ माघ। बाजुराको हिमाली गाउँपालिका ६ का राजु टमटा र उनका छोरा विजय टमटाले एकै मितिमा नागरिकता बनाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुराबाट दुवै बावुछोराले नागरिकताको प्रमाण पत्र पाएका हुन ।

वि.स. २०३० सालमा हिमाली गाउँपालिकाको वडा नंं ६ मा वुवा धनविरे टमटा र आमा मागि टमटाका माइला सन्तानका रुपमा जन्मेका राजु गाउँघरमा भोकमरि फैलिएपछि सानै उमेरमा भारतको देहरादुन पुगे । आफ्नो परिवारको दैनिक गुजरा चलाउन उतै काम गरे । लामो समयसम्म भारतमै बसेपछि उनलाई बाजुरामा आएर नागरिकता बनाउन समस्या थियोे ।

विज्ञापन

भारतमै काम गरेर छोरा र छोरीको पालन पोषण गरिरहेका राजु टमटा परिवार सहित २२ वर्षपछि आफ्नै घर पाँडीमा फर्के । घरमा फर्के लगत्तै आफ्नो छोरा विजयलार्ई लिएर नागरिकता बनाउनु पर्यो भन्दै जिल्ला सदरमुकाम मार्तडीमा आए ।उनले आफु जन्मेको ४६ वर्षको उमेरमा नागरिकता बनाएका छन् भने उनका छोराले २१ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन ।

उनीहरु दुबै बाबू छोराको नागरिकता एकै साथ शुक्रबारका दिन जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले नागरिककताको प्रमाण पत्र प्रदान गरे । दुबै बाबू छोरा लाई एउटै जारी मितिमा नागरिकता उपलब्ध गरिएको भण्डारीले बताएका छन ।

राजु टमटाका दुवै बावु छोराको नागरिकता बनाउनका लागि कागजि प्रक्रिया पुर्याउन मात्रै करिव एक महिना लागेको दलित अधिकारकर्मी गोरख सार्कीले बताए । गाउँ–गाउँमा सिंहदरवार आएको भएपनि यहाँका नागरिकहरुलाई भने विभिन्न कामका लागि सदरमुकाम हिँडेर आउनु पर्ने बाध्यता रहेको अधिकारकर्मी गोरख सार्कीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै