धनगढीः बैतडीको झुलाघाट सीमा नाका ५ दिनका लागि खुल्ला गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार सोमबारदेखि ५ दिनका लागि सीमा नाका खोलिएको हो ।
नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नेपाल–भारत सीमा नाका खोलिएको हो । भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको उनले बताए । कोरोनाका कारण सीमा नाका झुलाघाट गत चैतदेखि बन्द छ । जस्का कारण पेन्सनधारीलाई पेन्सन बुझ्न समस्या भएको छ ।
फेसबुक प्रतिक्रियाहरु