होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ‘बाँच्छु जस्तै लागेको थिएन, मैले पुनर्जीवन पाएँ’
स्वास्थ्य-जीवनशैली

‘बाँच्छु जस्तै लागेको थिएन, मैले पुनर्जीवन पाएँ’

  • नागरिक रैबार
‘बाँच्छु जस्तै लागेको थिएन, मैले पुनर्जीवन पाएँ’

८ कात्तिक, काठमाडौं । नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् ।

विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा आईसीयूमा राखिएको थियो ।

 

विज्ञापन

शुक्रबार उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लगत्तै सामाजिक सन्जालमा लामो स्टाटस राख्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् ।

‘पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छु जस्तै लागेको थिएन,’ उनले लेखेकी छन्, ‘…आज कोरोना निगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ ।

१९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसक्ने उनले उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थें । बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो । तर म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसुस गर्थें । यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ ।’

 

चौधरी अस्पतालबाट अझै डिस्चार्ज भएकी छैनन् । कोरोनामुक्त भए पनि बाफ लिने क्रममा खुट्टा पोलेकाले पनि केही दिन अस्पतालमा बस्नु पर्ने उनले बताएकी छन् । ‘कोरोनामुक्त भएपनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ,’ नेकपा सचेतक चौधरीले लेखेकी छन् ।

आफूलाई पुनर्जीवन दिएको भन्दै उनले वीर अस्पतालका सबै डाक्टरहरू, नर्सहरू र अस्पताल परिवारप्रति म कृतज्ञता व्यक्त गरेकी छन् ।

‘उहाँहरुले मृत्युको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो । बेलाबेलामा हौसला दिइरहनु भयो । विशेष विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें । उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला,’ चौधरीले फेसबुकमा लेखेकी छन् ।

कसैका परिवारलाई पनि अस्पतालमा बस्नु नपरोस्, अस्पताल खोज्दै हिँड्नु नपरोस् र कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्ने शक्ति मिलोस् भनेर उनले सबैमा दशैंको शुभकामना पनि दिएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार