होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
समाचार

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • नागरिक रैबार
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, ८ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएको छ ।

विभागका अनुसार देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।

विभागले सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै