होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज देशभर वर्षा हुने, सतकर्ता अपनाउन आग्रह
समाचार

आज देशभर वर्षा हुने, सतकर्ता अपनाउन आग्रह

  • नागरिक रैबार
आज देशभर वर्षा हुने, सतकर्ता अपनाउन आग्रह

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पूर्वी भुभागमा न्युन चापीय क्षेत्र रहेको छ। अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १÷२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विज्ञापन

आगामी २४ घण्टामा सबै प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनुका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार