होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • डडेल्धुरामा कोरोना संक्रमितको मृत्यु
पत्रपत्रिका

डडेल्धुरामा कोरोना संक्रमितको मृत्यु

  • नागरिक रैबार
डडेल्धुरामा कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। केही दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोनाबाट यो पहिलो मृत्यु हो। उनका अनुसार ती पुरुषलाई बुधबार दिउँसो गाउँपालिकाको एम्बुलेन्समार्फत अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको अवस्था गम्भीर थियो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै