होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित
समाचार

काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित

  • नागरिक रैबार
काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित

काठमाडौं – काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये महानगरपालिकामा मात्रै १६ सय ६ जना संक्रमित भएका छन् ।

महानगरका ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ।कोटेश्वरमा मात्रै १ सय २३ जना संक्रमित छन् । त्यसमध्ये ७ जना निको भएका छन् ।

पछिल्लो समय काठमाडौंसँगै ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका तीन जिल्लामा ३२ सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरमा ४११ जना र भक्तपुरमा २७२ जना संक्रमित छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार