होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • बडीमालिका ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
विजनेश

बडीमालिका ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
बडीमालिका ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

नागरिक रैबार/बाजुरा ९ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाले आर्थिक वर्ष २०७६/७७ मा वडामा संचालन भएका कार्यक्रम तथा योजनाहरुको प्रगति बारे सार्वजनिक सुनुवाई गरेको हो ।

बस्ती स्तरबाट छनौट भएका विभिन्न योजनामा वडा कार्यालयले आर्थिक बर्ष २०७६/०७७ मा खानेपानी, ढल, सिंचाई, मठमन्दिर, गोरेटो बाटो, विद्यालयका घेरबार निर्माण, तटबन्धन, नदि नियन्त्रण, खानेपानी टंकी, सडक लगायतका योजनामा १ करोड १३ लाख ३६ हजार खर्च गरेको वडा अध्यक्ष विनोद कुमार विकले बताए ।

त्यस्तै वडामा २ वटा संस्था सहास नेपालबाट वडा भित्रका विपन्न परिवारका लागि विभिन्न शिर्षकमा १३ लाख २ हजार २ सय सहयोग र आईएन एफ नेपाल बाजुराबाट कोभिड-१९ वाट प्रभावित बनेका वडाकै विपन्न परिवारका लागि खाद्यन्न र सरसफाई सामाग्रीका लागि ३ लाख ८४ हजार बराबरको सहयोग प्राप्त भएको वडा अध्यक्ष विकले बताए ।

विज्ञापन

वडा कार्यलयले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि सम्पुणर् योजनाको कार्य सम्पन्न गरि रकम समेत भुक्तानी भएको बडीमालिका ९ का बडा भित्रका राजनीतिक दल, आम उपभोक्ताहरुलाई जानकारी गराएको थियो ।

वडा अध्यक्ष विनोद कुमार बिकको अध्यक्षतामा संचालन भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पदम बहादुर बढुवाल रहनु भएको थियो । बडा कार्यलयको हलमा संचालन गरिएको कार्यक्रममा उपभोक्ता समिति , विभिन्न टोल समितिका पदाधिकारी शिक्षक, उपभोक्तहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार