होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा सांसद पक्राउ
समाचार

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा सांसद पक्राउ

  • नागरिक रैबार
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा सांसद पक्राउ

१० असार, काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद परियारको तीन वटा औँलामा चोट लागेको छ । परियारले अनलाइनखबरसँग भनिन्, ‘प्रहरी भ्यानमा राखेर जबरजस्ती लाठी प्रहर गर्दा देव्रे हातको तीन औँला भाँचिएर वीर अस्पतालमा उपचार गराउँदैछु ।’

पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेका छन् । ज्ञापन पत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको छ ।

गत १० जेठमा अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज र उनका पँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंमा नियमित आन्दोलन र विरोधका कार्यक्रम गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि