डोटी – डोटीको एउटै वडामा १ सय ६३ बालविवाह भएका छन । साढे तिन बर्षको अवधिमा डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडामा १ सय ६३ वटा बालविवाह भएको पाइएको हो ।गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र सीडीसी डोटीले गरेको सर्वेक्षण अनुसार २०७३ साल बैशाख देखि हाल सम्म एउटै वडामा यति धेरै बालविवाह भएको पाइएको हो ।डोटी जिल्लामा भने यस अवधिमा बालविवाह गर्नेको संख्या एक हजारभन्दा बढी रहेको छ । बालविवाह हुनेमा १ सय ३३ जना बालिका र २७ जना बालक रहेका छन् । बालविवाह हुनेमा १४ वर्षदेखि १९ वर्ष सम्मका रहेका छन् ।परिवारको दबावले ३१ जना, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, राम्रो घर परिवारको आशमा ७ जना, चाँडो बिहे गर्ने मान्यतामा ५ जना तथा चाँडो बिहे गर्दा पुण्य प्राप्त हुने मान्यता लगायतका कारण १६३ जनाको बालविवाह भएको पाइएको छ । गाेदावरीन्युजबाट
फेसबुक प्रतिक्रियाहरु