✍️✍️ धनु बिश्वकर्मा
कबिता- नतिजा
आँगनको डिलमा बसेर
कान्छाले डकारीरहेछ।
उहिले-उहिले त
पेटभरि खान र मासु भात देख्न
दशैँ आउनु पर्थ्यो, सालमा एकफेर।
आँगनको डिलमा बसेर
कान्छाले डकारी रहेछ।
भोकाएकाहरूको लावारिसे लास
ध्यानमग्न छन् सडक किनारमा,
शान्तिको मन्त्र जपिरहेछन्।
सडकको किनारै-किनार
मतपत्र बोकेर सरकार दौडिरहेछ
आँगनको डिलमा बसेर
कान्छाले डकारी रहेछ।
फेसबुक प्रतिक्रियाहरु