होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विश्वमा एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु
देश/प्रदेश

विश्वमा एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु

  • नागरिक रैबार
विश्वमा एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् ।

एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ ।

संक्रमित २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ३८२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।अहिलेसम्म ५ करोड ५१ लाख ११ हजार ३७० जनाले कोरोनालाई जितेका छन् ।

विज्ञापन

संक्रमित राष्ट्रको सूचीमा अमेरिका सबैभन्दा माथि छ । अमेरिकामा १ करोड ८६ लाख ८४ हजार ४५४ जना संक्रमित भएका छन् । ३ लाख ३० हजार ८१३ जनाको मृत्यु भएको छ।

त्यस्तै नेपाल संक्रमित मुलुकको सूचीमा ४० औ स्थानमा छ । विगत केहीदिन देखि नेपालमा संक्रमितको संख्या घट्न थालेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार