होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने
देश/प्रदेश

प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने

  • नागरिक रैबार
प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूह आफूलाई आधिकारिक पार्टी बनाउने दौडमा अघि बढेका छन् ।ओली समूहले हिजो प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गर्यो भने प्रचण्ड–माधव समूहले अध्यक्ष नै माधव कुमार नेपाललाई चयन गरेको छ ।

यसैबीच प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिनको १ बजेका लागि बैठक बोलाइएको छ ।संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा संसदीय दलको नेता छान्ने तयारी रहेको एक नेताले जानकारी दिए।

पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि प्रचण्डलाई प्रस्ताव गरिएको थियो ।

विज्ञापन

गत सोमबार भएको संसदीय दलको बैठकले पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार