होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सबै स्थानीय तहमा मोबाईल एप सञ्चालनको तयारी भैरहेको छः मन्त्री गुरुङ
राजनीति

सबै स्थानीय तहमा मोबाईल एप सञ्चालनको तयारी भैरहेको छः मन्त्री गुरुङ

  • नागरिक रैबार
सबै स्थानीय तहमा मोबाईल एप सञ्चालनको तयारी भैरहेको छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि यसको पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

गैरसरकारी संस्था महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ सम्बन्धि ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले नागरिक साझेदारी मोडलको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाईल एप’ सञ्चालनको कामलाई अघि बढाएको पनि स्मरण गराए ।

‘सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाईल एप सञ्चालनको काम भइरहेको छ,’ मन्त्री गुरुङले भने, ‘यसले सेवा प्रवाहको कामलाई प्रविधिको माध्यमबाट प्रभावकारी ढंगले सञ्चालन गर्न र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न योगदान पुर्याउने छ ।’

मन्त्री गुरुङले विकट क्षेत्रमा रहेका नागरिकहरुलाई सूचना प्रविधिको पहुँचमा पुर्याउनका लागि स्थानीय तहको वडासम्मनै इन्टरनेटको सहज पहुँच पुर्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे । मुलुकको समृद्धिका लागि सरकारले नागरिकसँगको साझेदारीलाई जोड दिइरहेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउनेगरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि