होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हुम्लामा पुनःटेलिफोन सेवा अवरुद्ध
समाचार

हुम्लामा पुनःटेलिफोन सेवा अवरुद्ध

  • नागरिक रैबार
हुम्लामा पुनःटेलिफोन सेवा अवरुद्ध

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको कालिकाको नमस्टे टेलिफोन सेवाले करिब एक महिना बढीदेखि काम गर्न छोडेको छ । यस्तै सर्केगाड गाउँपालिकाको भदालीमा रहेको नमस्ते टेलिफोन सेवाले महिनौँदेखि काम गर्न छोडेको स्थानीय शुरबहादुर रोकायाले बताए । पटकपटक मर्मतका लागि नेपाल टेलिकममा खबर गर्दा कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

राम्रोसँग मर्मत हुन नसक्दा जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाकोट, चङ्खेली, अदानचुली गाउँपालिकामा केही समय अगाडि मर्मत भएको भनिएको नमस्ते टेलिफोन सेवा फेरि अवरुद्ध भएको छ । विगत लामो समयदेखि हुम्लाको नमस्तेको टावरले काम नगर्दा मोबाइलमा रहेको रुपैयाँ मात्र सकिने तर फोन नहुने समस्या आएको उनले बताए ।

सातवटै गाउँपालिकाभित्रका करिब ५० हजारभन्दा बढी नागरिक यो सेवाबाट बञ्चित हुनुपरेको छ । एक अर्कामा फोन गर्दा नसुनिने अवस्था अझैँसम्म पनि नहटेको स्थानीयको गुनासो रहेको छ । जिल्ला बाहिर रहेका आफन्तसँग कुरा गर्न खोज्दा पनि फोन नभएपछि विभिन्न काममा बाधा परेको चङ्खेली गाउँपालिकाका स्थानीय विष्णुभक्त जैसीले बताए ।

चङ्खेली गाउँपालिका मेल्छाममा रहेको नमस्तेको टावरले कात्तिक ९ गतेदेखि काम नगरेपछि सो ठाउँका करिब आठ हजार नागरिक टेलिफोन सेवाबाट बञ्चित हुनुपरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै