नागरिक रैबार
बाजुरा ७ भदौ
बाजुरामा काँग्रेसको आधार ईलाका मानिदै आएको त्रिवेणी नगरपालिकामा काँग्रेसलाई यतिखेर ठुलो धक्का लागेको छ ।वर्षौदेखि काँग्रेस पार्टीमा आस्थावान रहेका त्रिवेणी नगरपालिका १ छताराका २९ जनाले एक कार्यक्रमका वीच काँग्रेस छाडेर नेकपामा प्रवेश गरेका छन् ।
काँग्रेस छाडेर नेकपामा प्रवेश गर्नेमा त्रिवेणी १ का गणेश नेपाली, उत्तम नेपाली, पदम नेपाली, बाले चदारा, हिउँसरा विक, अनिल विक, मनसरा चदारा, सुन्तला चदारा, चक्र चदारा लगायत २९ जना रहेका छन् ।
काँग्रेस छोडेर नेकपामा प्रवेश भएका उनीहरुलाई नेकपा १ नम्बर वडा संगठन कमिटीका अध्यक्ष लोकबहादुर रावल र त्रिवेणी १ का वडा अध्यक्ष मिलन बुढाले नेकपामा स्वागत गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु