होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौँ उपत्यकामा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतककाे कुल सख्या १५३ पुग्यो
समाचार

काठमाडौँ उपत्यकामा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतककाे कुल सख्या १५३ पुग्यो

  • नागरिक रैबार
काठमाडौँ उपत्यकामा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतककाे कुल सख्या १५३ पुग्यो

काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।

 

विज्ञापन

यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली सेनाको युद्ध कवच गण सितापाइलाका प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको टोलीले उनीहरुको शव व्यवस्थापन गर्नेछ ।

यस्तै रुपन्देहीमाबुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १५३ पुगेको छ ।

आजै स्वास्थ्य मन्त्रालयले झापा, पर्साका र सर्लाहीका एक एक जनाकोमृत्यु भएकाे जानकारी दिएकाे थियो । तर बुटवल र उपत्यकाका ४ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिइसकेकाे छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार