होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • शोकमा डुबेको गाउँमा बाली मासेर गयो मन्त्रीको जम्बो टोली !
स्वास्थ्य-जीवनशैली

शोकमा डुबेको गाउँमा बाली मासेर गयो मन्त्रीको जम्बो टोली !

  • नागरिक रैबार
शोकमा डुबेको गाउँमा बाली मासेर गयो मन्त्रीको जम्बो टोली !

धनगढीः अछाममा बाढी पहिरोको स्थलगत निरिक्षणमा आएको गृहमन्त्री रामबहादुर थापा बादल सहितको जम्बो टोली धानबाली मासेर गएको भन्दै आलोचना हुन थालेको छ।

गृहमन्त्री थापा सहित उद्योग मन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल लगायतका नेताहरुले शोकमा डुबेको गाउँमा पुगेर धान बाली मासेर औपचारिक कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ।

खेतबारीमा आयोजना गरिएको फोटो शेयर गर्दै धेरैले गृहमन्त्रीले धान बाली नदेखेको भन्दै आलोचना गर्न थालेका छन्।

विज्ञापन

उक्त फोटोमा धान बाली मासिएको जस्तो देखिन्छ। तर रामारोशन गाउँपालिकाले भने मंगलबारकै वर्षापछि आएको बाढीले खेतलाई बगरमा परिणत गरेको जनाएको छ।

‘बाढीले नै खेतलाई बगरमा परिणत गरेको थियो। धान पनि मानिसले नभई बाढीले मासेको हो।’ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले भनिन्, ‘त्यो खेत सैनीबजार नजिकैकको हो। गाउँपालिकाले नै त्यहाँ कार्यक्रम गर्न उपयुक्त ठानेर स्थल राजेको हो। तर धान मासिएको होईन्।’

रामारोशन गाउँपालिकाकै व्यवस्थापनमा उक्त स्थानमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।

गत मंगलबार कैलाश खोलामा आएको बाढीले सैनी बजारका केही घर बगाउँदा १७ जना वेपत्ता भएपछि गृहमन्त्री थापा सहितको टोली स्थलगत निरिक्षणका लागि त्यहाँ पुगेको थियो।

आईतबार सम्म बाढीले बगाएर वेपत्ता भएका ७ जनाको मात्र शव भेटिएको छ भने अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार