होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विश्वभर २ करोड ३३ लाख बढीमा कोरोना संक्रमण, ८ लाख ८ हजारको मृत्यु
देश/प्रदेश

विश्वभर २ करोड ३३ लाख बढीमा कोरोना संक्रमण, ८ लाख ८ हजारको मृत्यु

  • नागरिक रैबार
विश्वभर २ करोड ३३ लाख बढीमा कोरोना संक्रमण, ८ लाख ८ हजारको मृत्यु

काठमाडौं – विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५८८ पुगेको छ ।संक्रमितमध्ये १ करोड ५९ लाख ४ हजार २८८ जना संक्रमण मुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ११२ जनाको मृत्यु भएको छ । ३३ लाख ३४ हजार ७३० जना संक्रमित भएकोमा १९ लाख ७८ हजार ७८२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ७१० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख २ हजार १०२ पुगेको छ । त्यसमध्ये ३८ लाख ६१ हजार ३७८ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरूमा १ लाख २८ हजार ९०८ जनाको मृत्यु भएको छ । ६२ लाख १५ हजार २५६ जना संक्रमित भएकोमा ४८ लाख ८५ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

विज्ञापन

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८७ हजार ४७३ जनाको मृत्यु भएको छ । ५७ लाख ५ हजार ६५८ जना संक्रमित भएकोमा ४२ लाख ४८ हजार १०५ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरूमा २७ हजार ६४९ जनाको ज्यान गएको छ भने ११ लाख ८३ हजार १८२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख २ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५१२ जनाको मृत्यु भएको छ । २६ हजार ९८६ जना संक्रमित भएकोमा २० हजार ६८५ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार