होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडी सदरमुकाम क्षेत्र सुनसान
समाचार

बैतडी सदरमुकाम क्षेत्र सुनसान

  • नागरिक रैबार
बैतडी सदरमुकाम क्षेत्र सुनसान

गएको तीन दिनदेखि बैतडी सदरमुकाम क्षेत्र सुनसानजस्तै बनेको  छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा भदौ ४ गतेदेखि लकडाउन गरेको हो भदौ १५ गतेसम्म हुने लकडाउन अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए।

नगरक्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइएको छ। यस्तै नगर क्षेत्रभित्रका बैंकलाई आइतबार, मङ्गलबार र बिहीबार हप्ताको तीन दिन मात्रै खुला राखिनेछ। यसैगरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाइ पसल र कपडा पसल बिहान ७ देखि १० बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म मात्रै खुला राखिएका छन्।

यस्तै धार्मिकस्थलमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा, मेला स्थगन गरिएका छन् भने चाडपर्व आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ। नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। यस्तै नगरपालिका र ११ वटै वडा कार्यालयले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएका छन्। नगरपालिकाले गरेको निर्णयको कसैले उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार