होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • लकडाउनका कारण बाजुरामा बन्द रहेका आन्तरिक उडान सुचारु
समाज

लकडाउनका कारण बाजुरामा बन्द रहेका आन्तरिक उडान सुचारु

  • नागरिक रैबार
लकडाउनका कारण बाजुरामा बन्द रहेका आन्तरिक उडान सुचारु

जीवन कैला/कोल्टी ८ साउन। लकडाउनका कारण गत चैत्र ११ गते देखि आन्तरिक उडान वन्द गरेका हवाई सेवा कम्पनीले उडान सुचारु गरेका छन ।

नेपाल सरकारको मापदण्ड पुरा गरी बुधबारबाट बाजुरामा पनि उडान शुरु भएको नागरिक उड्ययन कार्यालय बाजुराले जनाएको छ । नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिस, गृह मन्त्रालयको अनुमतिमा आरडीटी परिक्षण अनिवार्य गरेर मास्क, ग्लोब्स लगायत स्वास्थ्य सुरक्षाका सामाग्रि लगाउनु पर्ने गरी उडान शुरु गरिएको नागरिक उड्ययन कार्यालय बाजुरा प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो ।

बुधबार समिट एयरले बाजुराका एक जना सहित हुम्लाको ताँजाकोट गाउँपालिकाका १५ जना यात्रुलाई नेपालगंज लगेको छ । बुधबार नै समिट एयरले दुइवटा उडान भरेको छ । हाल बडिमालिका एयर कार्गो सेवाको पहलमा बाजुरामा पनि हवाई सेवा शुरु गरिएको बडिमालिका एयर कार्गो राजाँ एयरपोट प्रतिनिधि ज्ञानु बमले बताउनुभयो ।

विज्ञापन

आगामी दिनमा पनि सम्पूणर् सुरक्षा प्रक्रिया पुरा गरेर बाजुराबाट यात्रुलाई नेपालगंज र सुर्खेत पठाई समिट एयरका प्रमुख विनोद सिहले बताउनु भएको छ ।

बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भई रहेका बेला हवाई सेवा शुचारु हुने देखिए पछि नागरिक भने खुसी भएका छन । नागरिक सेवा सरोकार मन्च बाजुराका संयोजक जनेश भण्डारीले कोभिड बाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा सुचारु भएको प्रति खुसी ब्यक्त गर्दै सुरक्षाका उपायमा कुनै हेलचक्राइ गर्न नहुने बताउनु भएको छ । हवाई सेवा सुचारु भए पछि विशेष गरेर प्रसुती सम्वन्धी समस्या भएका र अन्य विरामीलाई पनि सहज हुने बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार