होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमका अस्पतालमा आईसोलेसन शैया खाली, गाउँगाउँमा संक्रमित
समाज

सुदूरपश्चिमका अस्पतालमा आईसोलेसन शैया खाली, गाउँगाउँमा संक्रमित

  • नागरिक रैबार
सुदूरपश्चिमका अस्पतालमा आईसोलेसन शैया खाली, गाउँगाउँमा संक्रमित

धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालमा आईसोलेसन शैया खाली भएपनि कोरोना संक्रमतिलाई भने घर पठाउने गरीएको छ। प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पतालहरु, जिल्ला स्तरीय अस्पतालहरु र विभिन्न स्वास्थ्य चौकीमा स्थापना गरीएका आईसोलेसन वार्डमा शैया खाली भएपनि संक्रमितलाई घर पठाउने गरीएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार सुदूरपश्चिमका १८ अस्पतालमा आईसोलेसन शैयाको सङख्या तीन सय ६४ रहेको छ।

सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालमा ७४, टीकापुर अस्पतालमा ५०, महाकाली अस्पतालमा ४६, डडेल्धुरा अस्पतालमा ४० र बझाङ जिल्ला अस्पतालमा ३५ शैयाको आईसोलेसन वार्ड रहेको छ। यस्तै मालाखेती अस्पतालमा २०, जिल्ला अस्पताल अछाममा १७, दार्चुला जिल्ला अस्पताल र बयलपाटा अस्पतालमा १३/१३ जना अटाउने आईसोलेसन वार्ड रहेको छ।

विज्ञापन

जिल्ला अस्पताल बाजुरमा १२, जिल्ला अस्पताल डोटीमा १०, जिल्ला अस्पताल बैतडी र जोगबुढा अस्पतालमा ८/८, चौमला प्राथमिक स्वास्थ्य केन्द्रमा ५, भजनी र गोकुलेश्वर अस्पतालमा ४/४, सुदूरपश्चिम प्रहरी अस्पतालमा तीन र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना अटाउने आईसोलेसन रहेको छ।

प्रदेशका १८ स्वास्थ्य संस्थामा मात्रै तीन सय ६४ जना अटाउने आईसोलेसन वार्ड रहेकोमा अधिकासं संक्रमितलाई भने घर पठाईएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार साँझको ब्रिफिङमा एक सय १२ जना कोरोना संक्रमितलाई मात्रै अस्पतालको आईसोलेसनमा राखिएको जानकारी दिए।

अहिलेसम्म एक सय ६५ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिदै उनले ३० जना शंकास्पद बिरामीलाई पनि आईसोलेसनमा राखिएको बताए। सेती अस्पतालमा १३ जना, टीकापुर अस्पतालमा ३७ जना, महाकाली अस्पतालमा १९ जना, महाकाली अस्पतालमा २० जना, जिल्ला अस्पताल अछाममा १० जना, डडेल्धुरा अस्पतालमा सात जना, जिल्ला अस्पताल डोटीमा तीन जना, बझाङ, बाजुरा र दार्चुला जिल्ला अस्पतालमा एक÷एक जना संक्रमितको उपचार भईरहेको छ। प्रदेशमा साढे ८ सय बढि संक्रमित भने घरमा र विभिन्न विद्यालयको क्वारेन्टिनमा छन्। यस्ले समुदायस्तरमै कोरोनाको संक्रमण फैलिने खतरा बढेको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार