होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपाका सांसदद्वारा सर्वोच्चमा रिट दायर, संसद विघटनको निर्णय बदर गर्न माग
देश/प्रदेश

नेकपाका सांसदद्वारा सर्वोच्चमा रिट दायर, संसद विघटनको निर्णय बदर गर्न माग

  • नागरिक रैबार
नेकपाका सांसदद्वारा सर्वोच्चमा रिट दायर, संसद विघटनको निर्णय बदर गर्न माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनको निर्णय बदरको माग गर्दै मंगलबार सो पार्टीका नेताहरुले रिट दायर गरेका हुन् ।
नेकपाकै  सांसदहरु देव गुरुङ, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु रिट बोकेर सर्वोच्चमा पुगेका थिए भने रिट दर्ता भइसकेको छ ।

उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक कदम भएको दावी गरेका छन् ।  रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै पनि १ दर्जन हाराहारीमा रिट दाय भइसकेको छ ।  अदालतमा परेको रिटमाथि भोलि बुधवार सुनुवाइ हुँदैछ । सुनुवाइको पूर्वसन्ध्यामा नेकपा नेताहरुपनि हस्ताक्षरसहित अदालत गएका हुन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए भने सोही कारण नेकपा विभाजन निकट पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार