प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक जारी रहेको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक जारी रहेको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायत ९ वटा प्रस्ताव पेश भएको छ।
बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो । आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो । सो बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु