होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • अभियान्ता शाहीको पहलमा बुढीगंगाका बाढी पिडितलाई एक लाख बराबरको खाद्यान्न सहयोग
बुढीगंगा

अभियान्ता शाहीको पहलमा बुढीगंगाका बाढी पिडितलाई एक लाख बराबरको खाद्यान्न सहयोग

  • नागरिक रैबार
अभियान्ता शाहीको पहलमा बुढीगंगाका बाढी पिडितलाई एक लाख बराबरको खाद्यान्न सहयोग

राजेन्द्र बहादुर रोकाया बाजुरा ।  साहित्यकार तथा सामाजिक अभियान्ता रिता शाही (रितु) को पहलमा जिल्लाको बुढिगंगा नगरपालिका वडा नंम्बर २ र ३ का ४० परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

श्रावण २५ गते राती आएको अविरल बर्षा संगैको बाढीका कारण बिस्थापीत भएका परिवारलाई राहत स्वरुप १ लाख बरावरको खाद्यान्न सहयोग गरेको सामाजिक अभियान्ता रिता शाही (ऋतु) ले जानकारी दिनुभएको छ ।

बाजुराका बाढी पिडितहरुका लागि काठमाण्डांैमा रहेका युवा अभियान्ता हेमराज थापाको समन्वयमा सामाजिक सेवामा रुची राख्ने संस्था लिला राई फाउन्डेसनको आर्थिक सहयोगमा उक्त खाद्यान्न बाजुराका बाढीपिडितलाई सहयोग गरिएको हो ।

विज्ञापन

शाही आफै खाद्यान्न बोकेरे गाउँमा पुगेर राहत बितरण गरेको हो । राहत बोकेर गाउँमै पुगेर खाद्यान्न सहयोग गरेकोमा स्थानीले शाहीलाई धन्यवाद दिनुभएको छ । शाहीलाई गाउलेले फुलमाला सहित भब्य स्वागत गरेका थिए । गाउँमै आएर खाद्यान्न सहयोग गरेको र भबिस्यमा यस्तै सहयोगको अपेक्षा सहित स्वागत गनुभएको छ ।

सहयोग गर्ने ललिराई फाउन्डेसन र समन्वय गर्ने सामाजिक अभिन्ता रिता शाहीलाई बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहाले धन्यबाद दिनुभएको छ । शाहीले गरेको काम प्रती नगर प्रमुख शाहाले धन्यबाद दिनुका साथै समाज सेवामा काम गर्ने थप प्रेरण मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।

अभियामन्ता शाहीले पनी आफुलाई दिन दुखी र समस्यामा काम गर्न आफुलाई खुसीको महसुस हुने बताउनुभयो । शाहीले सहयोगीको साथ सहयोग र माया प्रेरणले सधै सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो । बुढीगंगा नगरपालिका २ र ३ का ४० परियारलाई २३ कट्टा चामल, २ क्विटल नुन र २ पेटी साबुन र अन्य खाद्यान्न सामाग्री गरी एक लाख बराबरको खाद्यान्न सहयोग गरीएको छ । उक्त खाद्यान्न नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहाले बाढी पहिरो पिडितलाई हस्तान्तरण गर्नुभएको थियो ।

बडीमालिका नगरपालिका र गौमुलका ३० परिवारलाई पनि सहयोग

त्यसै गरी बडिमालिका नगरपालिका ४ ओलेनाका १२ परिवार र गौमुल गाउपालिका २ का ६ परिवारका लागी ५० हजार बरावरको खाद्यान्न सहयोग गरीएको थियो । बडिमालिका नगरपालिका र गौमुल गाउपालिकाका १८ परियवारका लागी चामल, नुन साबुन र अन्य खाद्यान्न सहयोग गरेको सामाजिक अभियान्ता शाहीले जानकारी दिनुभएको छ ।

Image may contain: 9 people, people standing and outdoor

हेम एण्ड माया फाउन्डेसनको आर्थिक सहयोगमा १८ परिवारलाई खाद्यान्न सहयोग गरीएको हो । बडिमालिका नगरपालिकाका १२ परिवारले समस्याको वेला गाउँमै पुगेर खाद्यान्न सहयोग गरेकोमा पहल कर्ता शाहीलाई धन्यवाद दिनुभएको छ । श्रावण २५ गते रातीको बाढी पहिरोले प्रभाबित भएका परियारलाई खाद्यँन्न सहयोग गरीएको हो । बडिमालिका नगरपालिका ४ ओलेनामा वडा अध्यक्ष सुरेन्द्र नाथले उक्त खाद्यान्न हस्तान्तरण गर्दै समस्यामा परेका दाजु भाई दिदि बहिनीलाई सहयोग गरेकोमा अभिन्ता शाही र सहयोग गर्ने दुबैलाई धन्यबाद दिनुभएको छ /

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार