नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेको बाजुराबाट सरूवा भएको छ । गृह मन्त्रालयले बाजुरा जिल्ला सहित ५ जिल्लाका सिडियोहरुको एकसाथ सरुवा गरेको हो ।
गृह मन्त्रालयले बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाएपछि बाजुरामा भने कृष्णप्रसाद गैरे आउने भएका छन् । पठाएको छ । गृह मन्त्रालयले रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओहरु एकसाथ सरुवा गरेकाे हो ।
प्रजिअ न्याैपाने बाजुरामा २०७६ बैशाख महिनामा बाजुरामा आएका हुन् । करिव १३ महिना बाजुरा बसेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु