नागरिक रैबार/बाजुरा १० बैशाख। बाजुराको त्रिवेणी नगरपालिका ९ का २२ वर्षिया युवा र ६० वर्षका वृद्धको पिसिआर नतिजा नेगेटिभ आएको छ ।
गत आईवार उनीहरु दुवै जना मध्ये २२ वर्षिया युवामा र्यापिट टेष्ट नेगेटिभ देखिएको थियाे भने ६० वर्षिया वृद्धको र्यापिट टेष्टमा नतिजा पोजेटिभ देखिएको थियो । उनलाई सोही दिन साँझ जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो भने २२ वर्षिया युवालाई त्रिवेणीको क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरु दुवैको स्वाव संकलन गरेर धनगढी पठाईएको थियो र उनीहरु दुवै जनाको पिसिर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराकाका कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु