होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरा बसपार्कको हेल्थ डेस्कमा कोरोनाको चेकजाँच सूरु
देश/प्रदेश

बाजुरा बसपार्कको हेल्थ डेस्कमा कोरोनाको चेकजाँच सूरु

  • नागरिक रैबार
बाजुरा बसपार्कको हेल्थ डेस्कमा कोरोनाको चेकजाँच सूरु
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयााकृष्ण पन्त हेल्थडेक्समा सर्वसाधारणको चेकजाँच गर्दै । तस्वीर नागरिक रैबार

नागरिक रैबार/बाजुर ९ चैत्र। बाजुराको सदरमुकाम मार्तडीस्थित कारागार नजिकै स्थापना गरिएको हेल्थ डेक्समा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भए नभएको बारे जानकारी लिन चेकजाँच सूरु गरिएको छ ।

जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी भित्रिने र बाहिरीने नागरिकहरुलाई विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उक्त स्थानबाट सेवा सूचारु गरिएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।

आईतबार सदरमुकाम मार्तडीमा बडीमालिका नगरपालिका अन्तरगतको स्वास्थ्य शाखाले स्थापना गरेको हेल्थ डेक्सबाट सर्वसाधारण व्यक्तिहरुलाई स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले चेकजाँच गरेका हुन् ।

विज्ञापन

उहाँका अनुसार जिल्ला ४ स्थानमा स्थापना गरिएका हेल्थ डेस्कमा सर्वसाधारणको विराम चेकजाँज, कसैलाई कोरोनाको आशंका भएमा अथवा लक्षण देखिएमा तत्काल सरकारी अधिकारीलाई जानकारी दिएर सो डेक्सबाटै आइसोलेसन कक्षमा राखी उपचार गरिनेछ ।

कोरोना भाइरसको संक्रमण र रोकथामका लागि बाजुराका ४ वटा मुख्य ठाउँ कोल्टी विमान स्थल, पिलुचौर, साँफे मार्तडी सडकको डावबजार र सदरमुकाम मार्तडीमा हेल्थ डेस्क स्थापना गरिएका छन् । तर सवै हेल्थ डेक्समा आवश्यक उपकरणहरु नभएपछि हेल्थ डेक्समा बस्ने स्वास्थ्यकर्मीहरुलाई समस्या उत्पन्न भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार