नागरिक रैबार/बाजुरा ५ भदौ। निरन्तरको अविरल वर्षा संगै आएको बाढीले चुथि र रजातोली खोलामा रहेका काठेपुल बगाएपछि बडीमालिका ७ का स्थानीयहरुलाई दैनिक आउजाउमा निकै समस्या भएको थियो ।
करिव एक महिना अघि बाढीले काठेपुल बगाएपछि रजातोली र चुथिका स्थानीयलाई मात्रै नभई पुर्वीउत्तरी क्षेत्रका ४ स्थानीय तहसहित छिमेकि जिल्ला मुगु र हुम्लाका स्थानीयहरुलाई यो बाटो हुँदै जान आउन निकै समस्या थियो ।
एकमहिना देखि काठेपुल अभावमा कष्टकर यात्रा गर्दै आएका स्थानीयहरुको समस्यालाई मध्येनजर गर्दै उक्त खोलाहरुमा काठेपुल निर्माण गरिएको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।
पुल बगाउँदा यहाँका स्थानीयलाई असहज स्थिति सिर्जना भएपछि रजातोलीको नाउलेगाड खोला र चुथी खोलामा आवतजावत गर्नका लागि बडीमालिका नगरपालिकाको सहयोग, वडाको समन्वय र गाउँका स्थानीयहरुको सक्रियतामा उक्त खोलामा काठेपुल निर्माण गरिएको बडीमालिका ७ का वडा अध्यक्ष पाध्यायले जानकारी बताएका छन् ।
बाढीले करिव ३/४ वर्ष अघि सो ठाउँमा निर्माण भएका काठेपुल बगाएको थियो । काठेपुल बगाएपछि सदरमुकाम मार्तडी हुँदै सिराडी, चुथि, पोख्रा, रजातोली, ढम्कने र पुर्वीउत्तरी क्षेत्रसम्म जाने आउने लाई समस्या थियो ।
वडाको समनव्य र बडीमालिका नगरपालिकाको सहयोग तथा स्थानीयको सक्रियताले खोलामा काठेपुल निर्माण भएपछि अव घरसम्म जान सजिलो हुने बडीमालिका ७ रजातोलीका स्थानीय प्रेमलाल पाध्यायले बताए ।
फेसबुक प्रतिक्रियाहरु