होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गुल्मीमा जिप दुर्घटना: ४ जना घाइते, एककाे अवस्था गम्भीर
देश/प्रदेश

गुल्मीमा जिप दुर्घटना: ४ जना घाइते, एककाे अवस्था गम्भीर

  • नागरिक रैबार
गुल्मीमा जिप दुर्घटना: ४ जना घाइते, एककाे अवस्था गम्भीर

सुमन महतरा, गुल्मी: गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खले घुम्तीमा ब्रेक फेल भई जिप अनियन्त्रित हुँदा चार जना घाइते भएका हुन्  ।

शुक्रबार सदरमुकाम तम्घास देखि मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु २ च २५७३ नम्बरको निज त्यस स्थानमा दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेको छ ।

विज्ञापन

दुर्घटनामा परी मालिका गाउँपालिका–८ की ३० बर्षकी माया परियार उहाँका ९ बर्षीय छोरा सतिष परियार, मालिका गाउँपालिका –५ की बर्ष २० की दिपा घिमिरे र इश्मा गाउँपालिका –६ की बर्ष १२ की सन्ध्या परियार घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये माया परियारको अवस्था गम्भीर रहेकाले पाल्पा पठाइएको छ ।  तीन जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार