नागरिक रैबार/बाजुरा ९ फागुन।शुक्रबार दिउसो चट्याङ लागेर एकै घरका आमा छोरी घाईते भएकी छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर त्रिवेणी नगरपालिका ९ कि सन्जा भण्डारी साउँद र उनकी ६ वर्षिया छोरी आकृति साउँद घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।
पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा आमा छोरी र उनको घरमा भएका १५ वटा कुखुराका चल्लाहरु समेत मरेको डिएसपी भट्टराईले जानकारी दिएका छन् । चट्याङ लागेर घाइते भएकि आमाछोरी दुवैलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु