होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • च्याम्पियन्स लिगमा पीएसजी र युनाइटेड भिड्दै
खेलकुद

च्याम्पियन्स लिगमा पीएसजी र युनाइटेड भिड्दै

  • नागरिक रैबार
च्याम्पियन्स लिगमा पीएसजी र युनाइटेड भिड्दै

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड भिड्दै छन् । खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ ।

समूह एचमा रहेका दुवै टोलीको पहिलो खेल पीएसजीको घरेलु मैदानमा पार्स देस प्रिन्सेजमा हुनेछ । गत सिजन च्याम्पियन्स लिगको उपविजेता रहेको पीएसजी घरेलु मैदानमा हुने नयाँ सिजनमो पहिलो खेलमा सुखद सुरुवात गर्न चाहन्छ ।पीएसजीले गत सिजन च्याम्पियन्स लिगको फाइनल खेलमा जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखसँग पराजित हुँदै ऐतिहासिक उपलब्धि हासिल गर्नबाट चुकेको थियो । त्यसैले पनि पीएसजी यस सिजनको सुरुवातदेखि नै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

अघिल्लो सिजन पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाएको पीएसजीका लागि नेयमार र केलिएन एम्बाप्पे यस खेलका लागि पनि मुख्य हतियार हुनेछन् । यस खेलमा युनाइटेडविरुद्ध नेयमार र एम्बाप्पे नै पीएसजीको अग्रपंति सम्हाल्नेछन् । उनीहरुलाई एन्जल डिमारिया, एनडेर हेरेरालगायत खेलाडीले साथ दिनेछन् ।

यता युनाइटेड पनि सुजनमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । च्याम्पियन्स लिगमा पछिल्ला केही वर्ष सोचेअनुसार प्रदर्शन गर्न नसकेको युनाइटेड यो सिजनमा अगाडि बढ्न चाहन्छ । पीएसजीलाई उसकै घरेलु मैदानमा पराजित गर्न युनाइटेडका लागि मार्कुस रास्फोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फर्नान्डेज मुख्य हतियार हुनेछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार