होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका थप तीन प्रहरीमा कोरोना संक्रमण
देश/प्रदेश

सुदूरपश्चिमका थप तीन प्रहरीमा कोरोना संक्रमण

  • नागरिक रैबार
सुदूरपश्चिमका थप तीन प्रहरीमा कोरोना संक्रमण

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप तीन जना प्रहरीमा कोरोना भाईरस पुष्टि भएको छ। डोटी प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जनामा प्रहरीमा संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रवहादुर मल्लका अनुसार संक्रमण पुष्टि भएका तीनै जना प्रहरी केही दिन अगाडि मात्रै सरुवा भएर आएका हुन्।

योसंगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या २० पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा चार, डोटीका तीन र अछामका दुई गरी २० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

विज्ञापन

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले १२ जनाले कोरोना जितेको र ८ जनाको उपचार भईरहेको दिनेश खवरलाई जानकारी दिए।

कैलालीका चार, डोटीका तीन र कञ्चनपुरका एक जनाको आईसोलेसनमा उपचार भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार