होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विद्युत अवरुद्ध हुँदा आठसय घरधुरी अन्धकारमा
देश/प्रदेश

विद्युत अवरुद्ध हुँदा आठसय घरधुरी अन्धकारमा

  • नागरिक रैबार
विद्युत अवरुद्ध हुँदा आठसय घरधुरी अन्धकारमा

रुकुमपूर्व । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि गाउँपालिकाको वडा नं १२ र १३ मा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

गत साउनको पहिलो सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा ती दुई वडाका करिव आठसय घरधुरी समस्यामा परेका छन् । विद्युत उत्पादन सप्लाइ गर्ने दुई ठाउँको ट्रान्सफर्मर जलेपछि विद्युत अवरुद्ध भएको ओख्मा लघु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष जनक बुढाले जानकारी दिए ।

वर्षात्को समयमा सामान ढुवानीगर्न समस्या हुनुका साथै बन्दाबन्दीकोले नयाँ उपकरण ल्याउन समस्या भएको उनले बताए । पुथा १२ स्थित आयोजनाको विद्युत अवरुद्ध हुँदा ती दुई वडाका गोल्खाडा, कोल, गर्खानी, खैरे र विर्गुम लगायत गाउँका आठ सय घरधुरी विद्युत सेवाबाट वञ्चित भएका हुन् । यस्तै ओख्मा र कोलमा गरी दुई ठाउँको ट्रान्सफर्मर गत फागुन महिनामा जलेदेखि नयाँ जडान नगरिएको र फागुदेखि कोल गाउँ र प्राथमिक स्वास्थ्य केन्द्र कोलले विद्युतको समस्या झेलिरहेका छन् ।

पावर हाउसको विद्युतीय उपकरण र ट्रान्सफर्मर ल्याउन पहल भइरहेको पुथा १२ का वडाध्यक्ष गंगाबहादुर पुनले बताए । ट्रान्सफर्मर खरिदको लागि १२ र १३ नम्बर वडाले पाँच÷पाँच लाख र गाउँपालिकाले पाँच लाख गरी जम्मा १५ लाख बजेटसमेत विनियोजन गरेको वडाध्यक्ष पुनले जानकारी दिए । दुई वडा कार्यालय र विद्युत उपभोक्ता समितिको समन्वयमा अवरुद्ध भएको विद्युत सेवा सुचारु गरिदिन स्थानीयले अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २१ घन्टा अगाडि