होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुगुमा आधा दर्जन काठे पुल बगे
समाचार

मुगुमा आधा दर्जन काठे पुल बगे

  • नागरिक रैबार
मुगुमा आधा दर्जन काठे पुल बगे

मुगु — जिल्लामा केही दिनयता बाढीले आधा दर्जन काठे पुल बगाएपछि स्थानीयलाई आउजाउ गर्न सास्ती भएको छ । उनीहरू जोखिम मोलेर खोला तरिरहेका छन् ।

मुगुको सालिमखोलाको काठे पुल बाढीले बगाएपछि जोखिम तरिकाले खोला तर्दै स्थानीय । तस्बिर : राजबहादुर शाही

छायानाथ रारा नगरपालिका–१० सालिम खोलाको काठे पुले बग्दा १८ गाउँ प्रभावित भएका छन् । छायानाथका लुम्स, कम्फा, बाचलौर, भटडाडा गाउँ र मुगुम कार्मारोङ गाउँपालिकाका माग्री, मह, पुलु, रिउस, दाउरालगायत १८ गाउँ बासिन्दा मर्कामा परेका हुन् ।

विज्ञापन

बाढीले पुल बगाएपछि खोला तर्न सास्ती भएको कम्फा गाउँका कम्मर खड्काले बताए । ‘एकअर्काले हात समातेर जोखिम तरिकाले खोला पार गर्नुपरेको छ,’ उनले भने, ‘बालबच्चालाई अझ गाह्रो छ ।’

पुल नहुँदा मह गाउँका बासिन्दालाई छाइलबजारबाट दैनिक उपभोक्ता वस्तु किन्न बाधा परेको छ । रिउस बगरको काठे पुल बग्दा रिउस, पुलु, सेरोक, किम्री गाउँका स्थानीय जोखिममा छन् ।

बाढीले करिब आधा दर्जन काठे पुल बगाएको मुगुम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए । गाउँपालिकाको बजेटमा फेरि पुल हालेर स्थानीयलाई खोला तर्न सहज बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार