होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगरप्रमुख शाह सहितको टोलि बाढि पहिरो प्रभाबित क्षेत्रमा
समाचार

नगरप्रमुख शाह सहितको टोलि बाढि पहिरो प्रभाबित क्षेत्रमा

  • नागरिक रैबार
नगरप्रमुख शाह सहितको टोलि बाढि पहिरो प्रभाबित क्षेत्रमा

बाजुरा — आईतवार राति आएको बाढि पहिरोले बुढिगंगा नगरपालिका ठुलो क्षती पुयाएको छ । बाढि प्रहिरो प्रभाबित क्षेत्रमा बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह सहितको टोलि पुगेको छ । अबस्थाको अनुगमन र बिस्थापित बस्ति ब्यबस्थापनाका लागि नगरपालिकाको टिम प्रभाबित क्षेत्र पुगेको हो ।

प्रभाबित क्षेत्र नगरप्रमुख शाह, उपप्रमुख तारा खाति, वडा अध्यक्ष र कर्मचारी सहितको टोलि पुगेको नगरपालिकाले जनाएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण गैह सहित जिल्ला बाट पनि टोलि प्रभाबित क्षेत्रमा पुगेको छ । आईतवार राति साफेँ मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिका २ ताप्री सेरामा रहेको पक्की पुल खोलाले बगाएको छ । संगै साफे मार्तडी सडक अन्तरगत धेरै ठाउँमा पहिरो आएर आजदेखी यातायात पुर्णरुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताएका छन ।
त्यसै गरि अबिरल बर्षा संगै बुढिगंगा नगरपालिका दर्जन भन्दा बढि बस्तीहरुमा पहिरो आएर बिस्तापित भएका छन । सोही नगरपालिका वडा न २ नडाङ गाउँका १० परिवार राती देखी घर छोडेर गाउँ नजिकै रहेको शिवसंकर प्राथमीक बिद्यालयमा सरेको स्थानीयले बताएका छन । आईतबार राति अबिरल वर्षासंगै आएको बाढी पहिरोले बुढीगंगा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुशी ताँप्रीसेराका पूरै बस्तीहरु बिस्तापित भएका छन् । पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताँप्रीसेराका खेति योग्य जमीन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।

राति आएको अविरल बर्षाले बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि घरहरु चर्के पछि बिस्तापित भई छिमेकीको घरमा सरेका छन् । पहिरोले पुरैगाउ जोखीममा रहेको वडा अध्यक्ष हिरालाल थापाले बताए । त्यसै गरि नडाङका १० परिवारका घर चर्कीय पछि शिवशंकर प्राबिमा बसेका अध्यक्ष थापाले बताए । यता ताँप्रीसेरा बजार भित्रै बाढी पसेर लाखौको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका ब्यापारी गोपाल थापाको पसल बगाएर लाखौको क्षति भएको छ ।

एक्कासी आएर पसल भित्र छिर्यो आफू भागेर बच्यौ पसल पुरै बगाएको ब्यापारी गोपाल थापाले बताए । लगतारको बर्षासंगै आएको बाढीले साफे मार्तडी सडक खण्डको घट्टे खोलाको पक्की पुलमा बगाएर ल्याएका ढुंगामुढा अट्कीय पछि बाढी ताँप्रीसेरा बजार पसेको हो । बाढी बजारसंगै धान रोपेको महिना दिनपुगेको छैन सबै बगरमा परिणत भएका स्थानिय रमेश थापाले बताए । साफे मार्तडी सडक खण्डको घट्टे खोलाको पक्की पुल समेत बगाएको छ । पक्की पुल बगाउदा यातायात रोकीएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १0 घन्टा अगाडि

भर्खरै