राजेन्द्र बहादुर रोकाया । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा बस्दै आएका महिलाको सहकार्यमा मिक्स अचार बनाएका छन् ।
मार्तडी साना किसान सहकारी संस्था लि. द्धारा संचालित दिदी बहिनी उद्ययमशिल समुहले उक्त मिक्स अचारको उत्पादन गरिएको हो ।
प्राय लकडाउनको समयमा केही काम नहुने र खाली समयलाई सदुपयोग गरेर जिल्लामै मिक्स अचार बनाउन महिलाहरु अग्रसर भएर लागेको संस्थाकी अध्यक्ष कमलकुमारी शाहीले बताउनुभयो । स्थानीय स्थरमा उत्पादन भएको चोताको सदुपयोग गरेर मिक्स अचार बनाउन लागेको उहाँले बताउनुभयो ।
लकडाउनको समयमा यस्तो सराहनीय कार्य प्रती समुहकी महिलाई बडिमालिका नगरपालिका नगर उप प्रमुख कबिता बिष्टले धन्यवाद दिनुभएको । संस्थाकी अध्यक्ष
कमलकुमारी शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा बाजुराका पार्टी सचिव भरत बुढा रहनुभएको थियो । बडिमालिका नगर प्रमुख कविता बिष्ट, प्रमुख जिल्ला अधिकारि कृष्ण गैरे नेकपाका नेता गगन रावल लगाएत बिषिष्ट अतिथी रहनुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु